ज्ञान उत्पादनका लागि शोध अनुसन्धान–वृत्तिसम्बन्धी सूचना
Venue
Start At : Aug 22, 2025

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत एमए वा एमफिल तहमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीमध्येबाट जस्ट फ्युचर्स पहल (जेएफपी) र मानवशास्त्र केन्द्रीय विभागको संयोजनमा ज्ञान उत्पादनका लागि शोध अनुसन्धान–वृत्तिका लागि दुई जना विद्यार्थी छनौट गर्न यो सूचना प्रकाशित गरिएको छ ।
न्यूनतम योग्यताको मापदण्ड:
- जात–व्यवस्थासँग वर्ग वा लैंगिकता वा यौनिकताको अन्तरसम्बन्धमध्ये एक पक्षलाई अनुसन्धानको विषयवस्तु बनाएर शोध अनुसन्धान गर्नुपर्नेछ ।
- आवेदक त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मानविकी तथा सामाजिक शास्त्र संकायका कुनै पनि विषयमा एमए वा एमफिल तहमा अध्ययनरत दलित विद्यार्थी हुनुपर्नेछ । दलित महिला विद्यार्थीलाई प्राथमिकता दिइनेछ ।
- स्नातकोत्तर तहका विद्यार्थीहरू अन्तिम वर्षमा हुनुपर्छ ।
- एमफिल तहका विद्यार्थीहरू कार्यक्रममा भर्ना भएको हुनुपर्छ ।
शोध अनुसन्धान–वृत्तिका लागि छानिएका विद्यार्थीको जिम्मेवारी तथा सुविधा:
- छनौटमा परेकाहरुमध्ये प्रतिविद्यार्थीलाई रु. १००,००० (एक लाख रुपैयाँ मात्र) अनुसन्धान–वृत्तिको रुपमा प्रदान गरिनेछ ।
- वित्तीय सहायतासँगै अनुसन्धान र अध्ययनका लागि आवश्यक स्पेस जेएफपी सिकाइ केन्द्र (JFP Learning Center) मा उपलब्ध गराइनेछ ।
- जस्ट फ्युचर्स पहलका

- जस्ट फ्युचर्स पहलका विभिन्न सेमिनार र लेक्चर सिरिजमा उपस्थित हुने अवसर प्रदान गरिनेछ ।
आवेदनका लागि आवश्यक कागजातहरू:
१. आफूले गर्ने वा गरिरहेको शोध अनुसन्धानको संक्षिप्त खाका (Abstract) बारे कम्तीमा पाँच सय शब्द लेखेर पठाउनुपर्नेछ ।
२. उत्प्रेरणाको पत्र (Motivational Letter): आफ्नो परिचय, अनुसन्धानको संक्षिप्त वर्णन र उक्त विषयमा अनुसन्धान गर्ने प्रेरणाबारे अधिकतम २ पृष्ठ लेख्नुपर्नेछ ।
३. व्यक्तिगत विवरण (CV/ Bio-Data/ Resume) ।
४. विद्यार्थी परिचयपत्र ।
५. नागरिकता प्रमाणपत्र ।
६. पार्सपोर्ट साइजको फोटो ।
आवेदन कसरी बुझाउने:
१. विद्यार्थीलेसबै कागजातसहित आवेदन info@justfuturespahal.org, वा head@cda.tu.edu.np मा पठाउनुपर्नेछ । वा सिधै गुगल फर्म (लिंक: https://bit.ly/4lKq4fV) मा गएर आवेदन फारम भर्न सकिनेछ । अन्य माध्यमबाट पठाइएको आवेदन स्वीकार गरिने छैन ।
२. आवश्यक कागजात नपुगेको अधुरो आवेदन स्वीकार गरिनेछैन ।
आवेदन बुझाउने अन्तिम म्याद:
६ भदौ २०८२ (August 22, 2025) सम्म भित्र आवेदन पठाइसक्नुपर्नेछ । यस समयपछि बुझाइएको आवेदन स्वीकार गरिने छैन ।
जिज्ञासा वा थप जानकारीका लागि: head@cda.tu.edu.np, info@justfuturespahal.org मा ईमेल गर्न सक्नुहुनेछ । WhatsApp नं. + 977-97-67351369 मा सम्पर्क गर्नुहोस् ।
अनुसन्धानको भाषा:
विद्यार्थीले आफ्नो विश्वविद्यालय वा कलेजले निर्धारण गरेको भाषा वा आफ्नो रोजाइको भाषामा अनुसन्धान गर्न सक्नेछन् ।
*नोटः ज्ञान उत्पादनका लागि शोध अनुसन्धान–वृत्तिसम्बन्धी अन्य नियम छनौटमा परेका विद्यार्थीले पालना गर्नुपर्नेछ । सबै आवश्यक कागजातसहित आवेदन प्राप्त भएपछि मूल्याङ्कन समितिले आवश्यक प्रक्रिया पूरा गरी योग्य विद्यार्थीहरूको छनोट गर्नेछ ।
त्रिविवि, मानवशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर
जस्ट फ्युचर्स पहल (जेएफपी), ललितपुर ।