Just Futures Fellowship (JFF) 2025
Just Futures Pahal (JFP) is proud to announce the selection of seven talented young Dalit women from Bagmati Province as its new Just Futures Fellows (JFF). These individuals are: Sarina Dyola, Manjita Pariyar, Pramila B K, Kanchan Katuwal, Radhika Roka, Manika Biswakarma and Sangita Mizar.
Rooted in the core ethos of "Weaving our own stories" (जिमिगु बाखं जिमिसं हे ग्वये), this fellowship prioritizes the lived experiences, love, joy, aspirations, and knowledge of Dalit women. It is designed to creatively explore new meanings and connections between their invaluable community-based experiences and national and global learnings. These community-based, talented Dalit women, as Just Futures Fellows at the heart of JFP, offer distinct learning spaces for reimagining narratives surrounding caste questions in Nepal and beyond.
Through creatively designed interdisciplinary seminars, immersive workshops, and practical field-based studies, facilitated by dynamic JFP faculty and collaborations with reputed scholars and institutions worldwide, the JFF will critically deepen the understandings of all involved. The new fellows, active in fields ranging from journalism and writing to teaching and political life, will embark on a journey of learning and analysis, exploring their personal and social experiences as Dalit women. The Fellowship will focus on both the constitutive and intersectional questions involving caste, class, gender, sexuality, and inclusive democracy within Nepal and globally.
जस्ट फ्युचर्स फेलोसिप दलित महिलाका लागि, उनीहरु स्वयंको मुद्दा र सामूहिक नेतृत्वमा संचालन गरिएको फेलोसिप (बहिन–वृत्ति) हो । यो फेलोसिप "आफ्ना कथा आफै बुन्छौं" [जिमिगु बाखं जिमिसं हे ग्वये] को मूल मर्मसहित बागमती प्रदेशमा थालनी गरिएको हो । अगस्ट २०२५ देखि सुरु हुने यस पहलले बागमती प्रदेशका २० देखि ४० वर्षसम्मका दलित महिलाका अनुभव, अध्ययन र अभिव्यक्तिलाई उजागर गर्नेछ ।
यस फेलोसिपमा पत्रकारिता र लेखनदेखि लिएर शिक्षण र राजनीतिक जीवनसम्ममा सक्रिय रहेका नयाँ फेलोहरुले पहिले आफ्ना व्यक्तिगत र सामाजिक जीवनका भोगाइबारे अध्ययन गर्नेछन् अनि जात, वर्ग, लैंगिकता र यौनिकताबारे बुनिएका भाष्य, ज्ञान र कल्पनाबारे समालोचनात्मक रुपले वैचारिक मन्थन गर्नेछन् । अन्तर–विषयको सह–सिकाइमा आधारित यस फेलोसिपमा सेमिनार र संवादमार्फत् गहन लेखनसँगै रचनात्मक कार्य गर्न प्रेरित गरिनेछ ।
यसमा फेलोहरुसँगै जेएफपीका फ्याकल्टीले पनि सिक्ने–सिकाउने काम गर्दै नयाँ–नयाँ सिर्जना गर्दै दलित महिलाको नजरबाट ज्ञान उत्पादनलाई गहन र व्यापक बनाउने लक्ष्य लिइएको छ । दलित महिलाहरुका माया, खुसी, भोगाइ, क्षमता एवं आकांक्षालाई केन्द्रमा राखेर बाह्र महिनासम्म सघन रुपले सञ्चालन गरिने यस फेलोसिपमा फ्याकल्टीका रुपमा देशभित्र र बाहिरका बौद्धिक र चिन्तकहरुको विशेष सहभागिता रहनेछ ।