
आफ्ना कथा आफै बुन्छौं !
जिमिगु बाखं जिमिसं हे ग्वये !
तपाईंसँग जात भोगेको अनुभूति छ ? आफ्नो भोगाइको कथा सुनाएको अनुभव छ ? जात–व्यवस्था, लैंगिकता , याैनिकता र वर्ग बारे गहिरोसँग सिक्ने र सिकाउने रुचि छ ? दलित महिलाको नजरबाट भोगाइको कथा सिर्जना गर्ने सपना देख्नुभएको छ ? यो तपाईंको मात्रै होइन, हाम्रो पनि रुचि र सपना हो । हामी तपाईंसँग हातेमालो गर्दै यही रुचि र सपना साकार पार्न चाहन्छौं ।
हामीले सन् २०२३ देखि दलित महिलाको नेतृत्वमा ‘जस्ट फ्युचर्स पहल’ (जेएफपी) को थालनी गरेका छौं । जेएफपी सबैका लागि न्याय, समता, सम्मान, समावेशी लोकतन्त्रको खोजप्रति प्रतिबद्ध छ । 'अपन कथा अपने बुनै छी' को नाममा जस्ट फ्युचर्स फेलोसिपको प्रयोगात्मक अनुभवको आधारमा यसले राष्ट्रिय स्तरमा ‘दामल फेलोसिप’को थालनीपछि अब समुदाय स्तरमा ‘जस्ट फ्युचर्स पहल जेएफपी फेलोसिप’ (जेएफपी फेलोसिप) सञ्चालन गर्दैछ । जेएफपी फेलोसिपमा जात–व्यवस्था, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोका भाष्य, ज्ञान र कल्पनाबारे समीक्षात्मक ढंगले बुझ्दै आफ्नै आफ्ना कथा
आफ्ना कथा आफै बुन्छौं !
जिमिगु बाखं जिमिसं हे ग्वये !
तपाईंसँग जात भोगेको अनुभूति छ ? आफ्नो भोगाइको कथा सुनाएको अनुभव छ ? जात–व्यवस्था, लैंगिकता , याैनिकता र वर्ग बारे गहिरोसँग सिक्ने र सिकाउने रुचि छ ? दलित महिलाको नजरबाट भोगाइको कथा सिर्जना गर्ने सपना देख्नुभएको छ ? यो तपाईंको मात्रै होइन, हाम्रो पनि रुचि र सपना हो । हामी तपाईंसँग हातेमालो गर्दै यही रुचि र सपना साकार पार्न चाहन्छौं ।
हामीले सन् २०२३ देखि दलित महिलाको नेतृत्वमा ‘जस्ट फ्युचर्स पहल’ (जेएफपी) को थालनी गरेका छौं । जेएफपी सबैका लागि न्याय, समता, सम्मान, समावेशी लोकतन्त्रको खोजप्रति प्रतिबद्ध छ । 'अपन कथा अपने बुनै छी' को नाममा जस्ट फ्युचर्स फेलोसिपको प्रयोगात्मक अनुभवको आधारमा यसले राष्ट्रिय स्तरमा ‘दामल फेलोसिप’को थालनीपछि अब समुदाय स्तरमा ‘जस्ट फ्युचर्स पहल जेएफपी फेलोसिप’ (जेएफपी फेलोसिप) सञ्चालन गर्दैछ । जेएफपी फेलोसिपमा जात–व्यवस्था, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोका भाष्य, ज्ञान र कल्पनाबारे समीक्षात्मक ढंगले बुझ्दै आफ्नै आफ्ना कथा आफै बुन्न सिक्ने–सिकाउने काम हुन्छ।
बागमती प्रदेशमा स्थायी बसोबास गर्नुहुने २० देखि ४० वर्षका दलित महिला, दलित यौनिक तथा लैंगिक अल्पसंख्यकमध्ये आफूलाई महिलाको रुपमा पहिचान गर्ने व्यक्ति तथा नेवाः दलित महिला हुनुहुन्छ भने तपाईंलाई यस फेलोसिपमा सहभागी हुन अनुरोध गर्दछौं । यस फेलोसिपमा छनौट हुनुहुने 7 जनालाई यही अगस्ट २०२५ देखि मासिक रुपमा स्टाइपन्ड उपलब्ध गराइने छ । फेलोहरु जात, लैंगिकता, यौनिकता र वर्गसम्बन्धी सिक्ने सिकाउने–सेमिनारका लागि १२ महिना र प्रयोगात्मक कार्यका लागि ६ महिना समय दिन प्रतिबद्ध हुनु जरुरी हुन्छ ।
फेलोसिपका लागि योग्यता र आवश्यकता
- बागमती प्रदेशका स्थायी बसोबास गर्ने २० देखि ४० वर्षका दलित महिला र दलित यौनिक तथा लैंगिक अल्पसंख्यकमध्ये आफूलाई महिलाको रुपमा पहिचान गर्ने व्यक्ति तथा नेवाः समुदायका दलित महिला हुनुपर्ने ।
- आवेदकले एसईई उत्तीर्ण गरी जात, वर्ग, लैंगिकता र यैँनिकताका क्षेत्रमा कम्तीमा ३ वर्ष र साक्षर व्यक्तिको हकमा ५ वर्षदेखि काम गर्दै आएको हुनुपर्ने ।
- जात, वर्ग, लैंगिकता र यौनिकतासम्बन्धी सिक्ने–सिकाउने सेमिनारका लागि १२ महिना र प्रयोगात्मक कामका लागि ६ महिना समय दिन प्रतिबद्ध हुनुपर्ने ।
- फेलोसिपमा सेमिनारहरु आवासीय तथा अनलाइन हुने भएकाले फेलोहरु उक्तसमय उपत्यकामा अनिवार्य उपलब्ध हुनपर्ने ।
- फेलोसिपमा पूर्णकालीन रूपमा संलग्न हुनुपर्ने ।
छानिएका सहभागीहरुको जिम्मेवारी
फेलोसिपको अवधिभर सहभागीहरुले गर्नुपर्ने कार्य :
- हरेक सहभागीले जात, वर्ग, लैंगिकता र यौनिकतासम्बन्धी आफ्ना अनुभव र अध्ययनअनुसार लिखित वा अन्य कलात्मक सामग्री सिर्जना गर्नुपर्नेछ ।
- जात, वर्ग,लैंगिकता र यौनिकताबारे अध्ययन, छलफल तथा रचनात्मक कार्य जेएफपी लर्निङ सेन्टरमा उपस्थित भई र अनलाइनमार्फत गर्नुपर्नेछ ।
- १२ महिनाभित्र हुने विभिन्न सेमिनारसँगै कार्यशाला र थप ६ महिनाभित्र हुने प्रयोगात्मक काममा भाग लिनुपर्ने छ ।
- सेमिनार र कार्यशालामा भौतिक, अनलाइन, सामूहिक र व्यक्तिगत रुपबाट सक्रिय रूपमा भाग लिनुपर्ने छ ।
सेवा तथा सुविधा
- महिनाभरि हुने निश्चित सेमिनार र कार्यहरु पूरा गरेपछि करसहित मासिक ३० हजार रुपैयाँ बहिन–वृत्ति उपलब्ध गराइनेछ ।
- फेलोलाई ल्यापटपसँगै इन्टरनेट डाटा उपलब्ध गराइनेछ ।
- फेलोसिप अवधिभरका लागि रु. १ लाख बराबरको (दुर्घटना र स्वास्थ्य) बिमा गरिनेछ ।
- फेलोका ३ वर्ष र त्यसभन्दा मुनिका बच्चाको हेरचाहका लागि उपत्यकामा हुने आवासीय सेमिनार र कार्यशाला अवधिभर मासिक ५ हजार उपलब्ध गराइनेछ ।
- अंग्रेजी भाषा सीप शिक्षणको व्यवस्था गराइनेछ ।
- अन्तर–सामुदायिक अध्ययन–अनुसन्धानका लागि अनुसन्धान वृत्ति उपलब्ध गराइनेछ ।
- प्रविधि साक्षरतालगायत अन्य सीप तथा ज्ञान प्राप्त गर्न सहयोग गरिनेछ ।
- जेएफपी लर्निङ सेन्टरमा आवासीय अध्ययन अवधिभर खाजाको सुविधा हुनेछ ।
- मेन्टरसिपको व्यवस्था गरिनेछ ।
आशा गरिएका उपलब्धिहरू
- आफूले बाँचेको जीवनको भोगाइको कथा खोतल्ने र दलित महिलाका संघर्षबारे कथा खोज्ने क्रमसँगै सिक्ने–सिकाउने क्रम बढ्नेछ ।
- जात, लैंगिकता, यौनिकता र वर्गबारे प्रश्न गर्दै, नयाँ ढंगले परिकल्पना गर्दै समीक्षक तथा चिन्तकको व्यक्तित्व निर्माण हुनेछ ।
- आफूमा भएका प्रतिभा र क्षमतालाई खोतल्दै, त्यसलाई स्वीकार गर्दै आफ्नो नेतृत्व विकास तथा अभिव्यक्ति क्षमतामा वृद्धि हुनेछ ।
- जात, वर्ग, लैंगिकता र यौनिकताको क्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध र संजालमा विस्तार हुनेछ ।
- अंग्रेजी भाषामा अभिव्यक्ति र अध्ययनको सीपसँगै प्राविधिक साक्षरता विकास पनि हुनेछ ।
- अन्तरपुस्ता तथा अन्तरसामुदायिक अध्ययन, सहकार्यसँगै दलित माया–ममताको संस्कृति फैलिनेछ ।
- दलित महिलाको जीवन, सिर्जनशीलता, संघर्ष र सपनाको उत्सव मनाइनेछ ।
फेलोसिपको आवेदन आह्वान : | मे २१ , २०२५ (७ जेठ २०८२) |
आवेदन दिने अन्तिम मिति : | जुन १०, २०२५ (२७ जेठ २०८२) |
अन्तरवार्ता : | जुन २० र २१, २०२५ ( ६ र ७ असार २०८२) |
अन्तिम नामावली प्रकाशन : | जुन महिनाको अन्तिम हप्ता । |
विशेष सिमनार हुने मिति : | जुलाई २६, २०२५ (१० साउन २०८२) |
फेलोसिप सुरू हुने : | अगस्ट १, २०२५ (१६ साउन २०८२) |
पहिलो आवासीय कार्यशाला हुने मिति : | जुलाई ३० देखि अगस्ट ८, २०२५ (१४–२२ साउन २०८२) |
दोस्रो आवासीय कार्यशाला : | नोभेम्बर २० देखि डिसेम्बर २, २०२५ (४– १६मंसिर २०८२) |
थप बुझ्नुपरेमा +9779767351369 मा फोन गर्न सक्नुहुन्छ, इमेल info@justfuturespahal.org वा ह्वाट्सएपमा नं 9767351369 सम्पर्क गर्न सक्नुहुन्छ ।
नोट : कार्यशाला तथा सेमिनारहरूमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने भएकाले माथि तोकिएको समय उपलब्ध व्यक्तिले मात्रै आवेदन दिनुहोला ।
साथै तपाईंलाई गुगल फारममा टाइप गर्न समस्या भएमा फारम डाउनलोड वा प्रिन्ट गरी हातले लेखेर, फोटो खिचेर वा सबै प्रश्नहरूको उत्तर बाेलेर अडियो वा भिडियो रेकर्ड गरी info@justfuturespahal.org मा इमेल गर्न सक्नुहुनेछ ।
पुनश्च : पहिलो चरणमा छनौट भएका आवेदकलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ ।
Weaving Our Own Narratives!
Jimigu bakhan Jimisan he gwaye !
Have you been subjected to caste-based discrimination? Have you ever gotten to share your personal stories about it? Are you interested in learning and teaching about caste, gender, sexuality and class? Do you wish to share stories of lived experiences from Dalit women's perspectives? If yes, you’re not alone—this is our shared interest and vision. We want to join hands with you to make this dream a reality.
Since 2023, we have initiated Just Futures Pahal (JFP) under the leadership of Dalit women. JFP is committed to understanding and engendering new narratives on dignity, justice, equity, inclusive democracy, and sustainability through the prism of Jat/Caste. Based on the foundation of the initial “Apan Katha Apne Bunei Chhi” fellowship, and following the launch of the national-level Damal Fellowship, JFP is now launching a community-level Just Futures Pahal (JFP) Fellowship. In the JFP Fellowship, participants will critically engage with narratives, knowledge, and imaginations surrounding caste, gender, sexuality, and class, and will learn and teach how to weave and tell their own stories.
We invite Dalit women, Dalit gender and sexual minorities who identify as women, and Dalit women from the Newa community, aged between 20 to 40 years, residing permanently in Bagmati Province, to apply for this fellowship.
Seven selected fellows will receive a monthly stipend starting from August 2025. Fellows must be committed to:
- 12 months of learning-teaching seminars
- 6 months of practical work
Eligibility Criteria:
- Must be a Dalit woman, a Dalit gender/sexual minority identifying as a woman, or a Dalit woman from the Newa community between 20–40 years of age, residing in Bagmati Province.
- Must have passed SEE (Secondary Education Examination) with at least 3 years of work experience in caste, class, gender, and sexuality; OR 5 years for those who are literate but have not completed SEE.
- Must be committed to attending 12 months of seminars and 6 months of practical work.
- Must be available in Kathmandu Valley for both residential and online seminar sessions.
- Must be fully dedicated to the fellowship as a full-time participant.
Responsibilities of Selected Fellows:
Throughout the fellowship period, fellows are expected to:
- Produce written or artistic works based on their experiences and studies of caste, class, gender, and sexuality.
- Participate in studies, discussions, and creative activities through JFP Learning Center and online.
- Attend seminars, workshops, and practical projects during the 12-month and 6-month periods, respectively.
- Be actively engaged in both individual and group sessions.
Support and Benefits:
- A monthly stipend of NPR 30,000 (tax included), provided upon completion of assigned seminars and tasks.
- Laptop and internet data support.
- Insurance (accident and health) worth NPR 100,000 for the fellowship duration.
- Monthly childcare support of NPR 5,000 for children under 3 years during residential workshops in the valley.
- English language training will be provided.
- Research grants for inter-community research and study.
- Training in digital literacy and other skills.
- Snacks during residential learning sessions at the JFP Learning Center.
- Mentorship opportunities.
Expected Outcomes:
- Deepened understanding and storytelling around lived experiences of Dalit women.
- Growth as critical thinkers and storytellers on caste, gender, sexuality, and class.
- Exploration of one’s talents and leadership development.
- Broadened national and international networks in relevant fields.
- Improved skills in English communication and digital literacy.
- Development of intergenerational and inter-community collaborations, fostering a culture of Dalit care and solidarity.
- Celebration of Dalit women’s lives, creativity, struggles, and aspirations.
Fellowship Timeline:
Call for Applications: | May 21, 2025 |
Application Deadline: | June 10, 2025 |
Interviews: | June 20/21, 2025 |
Finalist announcement: | June 30, 2025 |
Fellowship Starts: | August 1, 2025 |
Special Seminar Date: | July 26, 2025 |
First Residential Workshop: | July 30 – August 8, 2025 |
Second Residential Workshop: | November 20 – December 2, 2025 |
Important Note: Please apply only if you are available for the above-mentioned dates, as full participation in all seminars and workshops is mandatory.
For more information:
- Facebook: JFP Facebook Page
- Phone/WhatsApp: +9779767351369
- Email: info@justfuturespahal.org
Note: If you face any issues typing on the Google Form, you can download or print the form, write by hand, take a photo, or answer all questions by recording audio or video, and email them to info@justfuturespahal.org
Only shortlisted applicants will be contacted for interviews.